शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रोकिएका रिट र निवेदनहरू तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ४, २०८३
  • 53
    SHARES

काठमाडौं – कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट दर्ता गर्न आदेश दिनु भएको छ ।

कामु प्रधानन्यायाधीश मल्लले आजै एक बजेभित्र सबै रिट निवेदनहरु तथा दरपीठ आदेश उपरको निवेदन समेत दर्ता गरी भोलि जेठ ५ गते मंगलबारको तारेख तोकी पेशीमा चढाउन समेत आदेश समेत दिनु भएको छ ।

संवैधानिक परिषद्का निर्णय उपर सर्वोच्चमा आएका रिटहरू सर्वोच्च प्रशासनले दरपीठ गरेपछि त्यसविरुद्ध परेको गुनासोको सनुवाइ गर्दै उहाँले रिट दर्ता गर्न आदेश दिनु भएको हो ।

आज केही कानुन व्यवसायीहरुले कामु प्रधानन्यायाधीश मल्ललाई भेटेरै आफ्ना गुनासाहरु राखेका थिए । कानुन व्यवसायीहरुको गुनासो पछि कामु प्रधानन्यायाधीश मल्लले यस्तो आदेश दिनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)