शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति बारको साङ्केतिक विरोध


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ५, २०८३
  • 66
    SHARES

काठमाडौँ – नेपाल बार एसोसिएसनको आव्हानमा कानुन व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति साङ्केतिक विरोध गर्दै कानुन व्यवसायीहरुले बार परिसरमा लालटिन बालेर प्रदर्शन गरेका हुन् ।

बारको सोमबार साँझ बसेको बैठकले विभिन्न दरपिठमाथिको निवेदन सर्वोच्च अदालत प्रशासनले विना कारण दर्ता नगर्नुलाई गम्भीर रूपमा लिएको जनाएको छ । बारले भनेको छ ‘कामु प्रधानन्यायाधीशको आदेश पालना नहुनु प्रशासनको रवैया असाधारण मात्रै नभएर ऐतिहासिक भूल हो ।’

बारले सर्वोच्च अदालत समक्ष परेको दरपिठ उपरको निवेदन विना कारण दर्ता नगरी त्यत्तिकै राख्नु प्रशासनको अधिकार बाहिरको र न्याय मार्गमा अवरोध पुर्‍याउने कार्य भएको ठहर पनि गरेको छ ।

बारले विगत केही समयदेखि संवैधानिक महत्त्वका विभिन्न विषयमा सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दरपिठ गरी फर्काएको र त्यसउपर परेको निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्याय मार्गमा अवरोध गरी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ को प्रयोग गरी सम्माननीय कामु प्रधान न्यायाधीशबाट दरपिठ उपरको निवेदन निष्कर्षका निमित्त दर्ता गर्न आदेश दिनुभएको र सर्वोच्च अदालत प्रशासनले सोको समेत अवज्ञा गरेको जानकारीमा आएको बारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)