बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इरानलाई युरेनियम राख्न नदिने ट्रम्पको चेतावनी


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ८, २०८३
  • 125
    SHARES

एजेन्सी –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार होर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूमा लगाइने कुनै पनि प्रकारको शुल्कको अमेरिकाले विरोध गर्ने बताएका छन् । उनले इरानलाई कुनै पनि अवस्थामा अत्यधिक सम्वद्र्धित युरेनियम राख्न अनुमति नदिइने स्पष्ट पारेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले भने, “यो एउटा अन्तर्राष्ट्रिय जलमार्ग हो र यसमा शुल्क लगाउनु ठीक होइन ।” उनले हालसम्म यस मार्गबाट कुनै शुल्क नलिइएको दाबी पनि गरे ।

ट्रम्पले जहाज आवतजावत गतिविधिमाथि लगाइएका प्रतिबन्धका कारण इरानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको पनि बताए ।

 

 

इरानले संवद्र्धित युरेनियम राख्न पाउने वा नपाउने भन्ने प्रश्नमा उनले नपाउने जवाफ दिएका थिए । ट्रम्पले अमेरिकाले उक्त युरेनियम आफ्नो नियन्त्रणमा लिएर नष्ट गरिने बताए । उनले भने, “इरानलाई त्यो राख्ने अनुमति कदापि दिइने छैन ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)