शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्नुहुने


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • 60
    SHARES

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले आज यहाँस्थित युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग  संयुक्त भेटवार्ता गर्नु हुनेछ ।

प्रधानमन्त्री शाहले बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)