काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा )का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना हुनुभएको छ ।
उहाँलाई ज्वरोररुघाखोकी बढेपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।
संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो ।
