काठमाडौं – वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । सिंह बिरुद्ध जेठ १२ गते जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको थियो ।
पर्साको ठोरी एरियाबाट सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिनुभयो ।
स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
