शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता

साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : भारतीय प्रधानमन्त्री मोदी


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २०, २०८३
  • 115
    SHARES

काठमाडौँ –  रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।

 

 

पाँच दिने भारत भ्रमणमा रहेका लामिछाने र मोदीबिच बुधवार दिल्लीमा भेटवार्ता भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्तापछि प्रसन्नता व्यक्त गरेका छन् ।

साझा र समृद्ध भविष्यका लागि सहकार्य गर्ने लामिछानेको इच्छालाई आफूले पूर्ण समर्थन र स्वागत गर्ने उनको भनाइ छ ।

भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा मोदीले यस्तो टिप्पणी गरेका हुन् । छिमेकी पहिलो नीति अन्तरगत नेपाल भारतको प्राथमिकताप्राप्त साझा राष्ट्र भएको उनले बताएका छन् ।

मोदीको ट्विट यस्तो छ:

नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु ।

हाम्रो ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल एक प्राथमिकताप्राप्त साझेदार राष्ट्र हो । नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउने अपेक्षा र प्रतिबद्धता राखेका छौँ ।

 

यसअघि लामिछानेले गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीनलगायतका नेतासँग भेटेका थिए ।

नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यका सम्भावनाबारे भेटमा छलफल भएको लामिछाने सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)