शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले सरकारलाई बुझायो प्रतिवेदन


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २२, २०८३
  • 120
    SHARES

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । समितिका संयोजक पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले निर्धारित समयअघि नै प्रतिवेदन बुझाइएको जानकारी दिएका छन् ।

भण्डारीका अनुसार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसमक्ष ४५ पृष्ठ लामो प्रतिवेदन पेश गरिएको हो । उनले प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सुझाव समेत दिएको बताएका छन् ।

 

स्रोतका अनुसार प्रतिवेदनमा गुरुङको बयान मात्र १७ पृष्ठ समेटिएको छ । समितिले आरोपसँग सम्बन्धित विभिन्न पक्षसँग सोधपुछ गर्नुका साथै सम्पत्ति विवरण र अन्य कागजातको अध्ययन गरेर प्रतिवेदन तयार गरेको बताइएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए ।

गुरुङ र व्यवसायी दीपक भट्टबीच व्यावसायिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि छानबिन प्रक्रिया अघि बढाइएको थियो । साथै, सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा सेयर स्वामित्व लुकाएको आरोपसमेत गुरुङमाथि लागेको थियो । आरोप सार्वजनिक भएपछि उनले वैशाख ९ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)