शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खनालको भारत भ्रमणले दुई देशबीच रहेको बहुआयामिक साझेदारीलाई अझ मजबुत बनाउछ


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २२, २०८३
  • 136
    SHARES

काठमाडौं-  भारतको विदेश मन्त्रालयले परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणले दुई देशबीच रहेको बहुआयामिक साझेदारीलाई अझ मजबुत बनाउने जनाएको छ ।

 

 

नयाँ दिल्लीमा भारतको विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो बताएका हुन् ।

“नेपालको परराष्ट्रमन्त्री नयाँ दिल्ली आइपुग्नु भएको छ । उहाँले हाम्रो विदेशमन्त्रीलाई भेट्नुहुनेछ । नेपालसँग हाम्रो विकास सहयोगदेखि जनता–जनता सम्बन्धदेखि व्यापार र लगानीसम्मको विस्तृत एजेन्डा छ,” प्रवक्ता जयसवालले भने, “त्यसैले दुई विदेशमन्त्रीहरू भेट्दा यी सबै एजेन्डाहरूमा एकसाथ छलफल गरिनेछ । तर, हाम्रो तर्फबाट हामी नेपालसँग रहेको यो बहुआयामिक साझेदारीलाई अझ मजबुत बनाउन खोज्ने छौँ ।”

परराष्ट्रमन्त्री खनाल भारतको तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार नयाँ दिल्ली गएका हुन् । परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच शनिबार नयाँदिल्लीमा भेटवार्ता हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)