शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतले नेपाल प्रहरीलाई दियो ७ हजारभन्दा बढी सुरक्षात्मक हेलमेट


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २२, २०८३
  • 115
    SHARES

वीरगन्ज – भारत सरकारले नेपाल प्रहरीलाई ७ हजारभन्दा बढी सुरक्षात्मक हेलमेट हस्तान्तरण गरेको छ ।

 

 

 

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले सोमबार आयोजित एक समारोहमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्ति राज कोइराला लाई उक्त हेलमेटहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

महावाणिज्य दूतावासका अनुसार हस्तान्तरण गरिएका हेलमेटहरू नेपालका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्नेछन् । यस सहयोगले नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूको कार्यसम्पादन क्षमता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा दुवै देशका सरकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । भारतीय पक्षले नेपाल–भारतबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सुरक्षा सहयोगलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।

भारतले विगतदेखि नै नेपालका सुरक्षा, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार लगायत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)