बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २७, २०८३
  • 102
    SHARES

काठमाडौँ-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज नजिकै अमेरिकी सेनाको एक हेलिकप्टर खसालेको आरोप लगाउँदै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले मङ्गलवार यस्तो दाबी गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, ‘स्ट्रेट अफ हर्मुजमा गस्ती गरिरहेको हाम्रो अत्याधुनिक अपाचे हेलिकप्टरलाई गएराति इरानीहरूले खसालेको जानकारी मलाई प्राप्त भएको छ ।’

ट्रम्पकाअनुसार हेलिकप्टरमा सवार दुई पाइलटको उद्धार गरिएको छ र उनीहरू पूर्ण रूपमा सुरक्षित छन् । ‘यसो भएपनि, संयुक्त राज्य अमेरिकाले यस आक्रमणको आवश्यक जवाफ दिनैपर्छ’ उहाँले भन्नुभएको छ ।

 

यद्यपि, अमेरिकी सैन्य बलको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले भने यस घटनाबारे ट्रम्पको दाबीभन्दा केही फरक विवरण सार्वजनिक गरेको छ ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत ओमानको तटीय क्षेत्रमा दुर्घटनामा परेको उक्त विमानका दुई चालक दलका सदस्यहरूलाई दुई घण्टाभित्रै उद्धार गरिएको जनाएको छ । सेन्टकमले भनेको छ, ‘विमान खस्नुको कारणबारे अहिले अनुसन्धान भइरहेको छ ।’

इजरायल र इरानबीच जारी प्रतिशोधपूर्ण आक्रमण र पछिल्लो पटक इजरायलले दक्षिण लेबनानमा गरेको हवाई हमलाका कारण मध्यपूर्वमा तनाव उत्कर्षमा रहेका बेला यो घटना सार्वजनिक भएको हो । सेन्टकमले इरानी संलग्नताबारे अहिलेसम्म औपचारिक पुष्टि गरिसकेको छैन। सिन्ह्वा/ न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)