शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

परराष्ट्र मन्त्री खनाल आइतबार चीन जाँदै


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २९, २०८३
  • 116
    SHARES

काठमाडाैँ –  परराष्ट्र मन्त्री शिशिर खनाल जुन १४ (आइतबार) देखि १७ तारिखसम्म चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। उहाँले चीनका विदेश मन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उक्त भ्रमण गर्न लाग्नुभएको हो।

भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। उक्त वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विविध विषयमा सहयोग विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ। साथै, उहाँले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ।

 

मन्त्री खनालले भ्रमणका क्रममा चीनमा रहेको नेपाली दूतावासद्वारा आयोजना गरिने लगानी सम्मेलनमा पनि सहभागिता जनाउनुहुनेछ। उक्त सम्मेलनमा उहाँले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गरी नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल गर्नुहुनेछ।

त्यसैगरी, उहाँको सम्मानमा नेपाली दूतावासद्वारा आयोजना गरिने स्वागत समारोहमा समेत उहाँ सहभागी हुनुहुनेछ र चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्नुहुनेछ।

मन्त्री खनाल २०२६ जुन १७ तारिखमा काठमाडौँ फर्कनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)