बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह


  • माउन्टेन खबर
  • आइतवार, असार ७, २०८३
  • 88
    SHARES

काठमाडाैँ – चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले सरकार सञ्चालन शैलीबारे उठेका प्रश्नहरूको आफ्नै शैलीमा जवाफ दिएका छन्।

कार्यक्रममा बोल्दै उनले आफ्नो नेतृत्वको सरकारको यात्रा “एक्सप्रेस वेमा दौडिरहेको गाडी” जस्तै भएको टिप्पणी गरे। उनका अनुसार सरकारको उद्देश्य स्पष्ट छ र गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने योजना रहेको छ।

सम्बोधनको सुरुमा उनले ‘नमस्ते’ गर्दै हल्का ठट्टाको शैलीमा “नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ” भन्दै प्रतिनिधि तथा अतिथिहरूलाई सम्बोधन गरेका थिए। उनले नयाँ राजनीतिक शक्तिहरूको उदय सानो महत्वाकांक्षा र देश परिवर्तनको तीव्र चाहनाका कारण सम्भव भएको बताए।

रास्वपाका सभापति रबि लामिछाने लगायतको उपस्थितिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई संस्थागत र सुदृढ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे।

विभिन्न दलका नेताहरूले सरकार सञ्चालनमा ‘एक्सेलेटरसँगै ब्रेक पनि आवश्यक हुन्छ’ भन्ने सुझावप्रति प्रतिक्रिया दिँदै शाहले भने, “त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ, हामी एक्सप्रेस वेमा छौं, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ।”

उनले नयाँ पुस्तामा देखिएको परिवर्तनको हुटहुटीलाई कसैले रोक्न नसक्ने दाबी गर्दै रास्वपाले देशको समृद्धिका लागि दृढ भएर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)