बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो


  • माउन्टेन खबर
  • बुधबार, असार १०, २०८३
  • 66
    SHARES

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन देशभरका ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

असार १० गते जारी प्रेस विज्ञप्तिअनुसार तोकिएका केन्द्रीय प्रतिनिधिहरूले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई सदस्यता वितरण, समन्वय, सहजीकरण तथा आवश्यक जिम्मेवारी निर्वाह गर्नेछन्।

कांग्रेसले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका सबै जिल्लाका लागि प्रतिनिधि तोकेको जनाएको छ। काठमाडौंमा सह-महामन्त्री उदयशमशेर राणालाई, ललितपुरमा मनोजमणि आचार्यलाई तथा चितवनमा डा. केदारनरसिंह केसीलाई जिम्मेवारी दिइएको छ।

पार्टीले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै नयाँ सदस्यता वितरण अभियानलाई संगठन सुदृढीकरण र युवा सहभागिता विस्तारसँग जोडेर अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)