बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, असार १०, २०८३
  • 96
    SHARES

काठमाडौं –  चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले बुधबार केहीबेरअघि सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्।

रास्वपाको संशोधित विधानअनुसार पार्टीमा कुल १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। यसमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनयन गर्ने प्रावधान छ। साथै, सातै प्रदेशका सभापतिहरू पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहनेछन्।

उता, महाधिवेशनअन्तर्गत बुधबार बिहान ९ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका तय गरिए पनि हालसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन। निर्वाचन आयोगले उम्मेदवारहरूको नामावली तथा अन्य प्राविधिक प्रक्रिया टुंग्याइरहेको जनाएको छ।

चितवनमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)