बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट


  • माउन्टेन खबर
  • बुधबार, असार १०, २०८३
  • 112
    SHARES

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य निर्वाचनका लागि मतदान प्रक्रिया बुधबार साँझ ७:३० बजेबाट सुरु हुने भएको छ।

पार्टीका प्रवक्ता मनिष झाले मतदान साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिएका हुन्।

रास्वपाको महाधिवेशन गत असार ७ गतेदेखि सुरु भएको थियो। सुरुमा असार ९ गतेभित्र महाधिवेशनका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका तय गरिए पनि विभिन्न प्रक्रियागत कारणले कार्यक्रम लम्बिएको छ।

निर्वाचन प्रक्रिया बुधबार बिहान ९ बजेदेखि सुरु गर्ने तयारी भए पनि उम्मेदवारको अन्तिम सूची तयार हुन ढिलाइ हुँदा मतदान निर्धारित समयमा हुन सकेको थिएन। निर्वाचन आयोगले केहीबेरअघि मात्र केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

रास्वपाको संशोधित विधानअनुसार केन्द्रीय समितिमा १५८ सदस्य रहने व्यवस्था छ, जसमध्ये ९९ जना निर्वाचित हुनेछन्। महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि अहिले मतदानको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)