मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मतदान १०:३० देखि सुरु हुने


  • माउन्टेन खबर
  • बुधबार, असार १०, २०८३
  • 86
    SHARES

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने केन्द्रीय समिति निर्वाचनको मतदान बुधबार राति साढे १० बजेदेखि सुरु हुने भएको छ। यसअघि १० बजेदेखि नै निर्वाचन हुने भनिएकाे थियाे ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार मतदान प्रक्रिया भोलि बिहान १० बजेसम्म सञ्चालन हुनेछ।

निर्वाचन आयोगले निर्धारित समयभित्र व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा मतदान सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गर्ने जनाएको छ। आयोगले सबै प्रतिनिधिहरूलाई तोकिएको समयभित्र आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।

मतदान स्थल, डिजिटल मतपत्र तथा निर्वाचन प्रक्रियासम्बन्धी अन्य व्यवस्थाबारे प्रतिनिधिहरूलाई छुट्टै जानकारी गराइने आयोगले जनाएको छ।

आयोगले केन्द्रीय समिति निर्वाचनलाई सफल बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा समेत गरेको छ। गत आइतबारदेखि चितवनमा रास्वपाकाे महाधिवेशन जारी छ।

RSP_nirwachan samay talika_260624_215827

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)