मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान


  • माउन्टेन खबर
  • शुक्रबार, असार १२, २०८३
  • 82
    SHARES

भरतपुर-  चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले बिहीबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो ।

 

सार्वजनिक कार्य तालिका अनुसार निर्वाचनका प्रक्रियाहरू बिहीबार राति ११ः४० बजेदेखि नै सुरु भएका छन् । राति ११ः४० देखि ११ः५५ सम्म उम्मेदवारी मनोनयन फाराम वितरण गरिएको थियो भने ११ः५५ देखि शुक्रबार बिहान १२ः२५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो । यस्तै बिहान १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, १ः१५ देखि १ः४० बजेसम्म उम्मेदवार बिरुद्ध दाबी बिरोध र उम्मेदवारी फिर्ता र बिहान १ः४० देखि ३ बजेसम्म निर्वाचन तथा मतदान प्रकृयाको तयारी गरिने आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ३ः३० मा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै बिहान ४ बजेदेखि १० बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ । आयोगले सबै प्रतिनिधि तथा सरोकारवालालाई तोकिएको समयतालिका अनुसार आवश्यक तयारीसहित सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)