मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा महामन्त्रीमा पाँच जनाबीच प्रतिस्पर्धा


  • माउन्टेन खबर
  • शुक्रबार, असार १२, २०८३
  • 99
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धा अब पाँच उम्मेदवारमा सीमित भएको छ। अन्तिम समयमा थप तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि चुनावी समीकरण फेरिएको हो।

निर्वाचन आयोगका अनुसार प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएका छन्। यसअघि जगदीश खरेल र कविन्द्र बुर्लाकोटीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका थिए।

सुरुमा १० जनाले उम्मेदवारी दर्ता गराएको महामन्त्री पदमा अब मनिष झा, रन्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ।

उम्मेदवारी फिर्ताको क्रमसँगै रास्वपाको महामन्त्री पदको निर्वाचन पाँच प्रत्यासीबीचको अन्तिम भिडन्तमा परिणत भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)