सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इरानलाई ट्रम्पको चेतावनीः मेरो हत्या प्रयास भए इरान ध्वस्त बनाइदिन्छु


  • माउन्टेन खबर
  • आइतवार, असार २८, २०८३
  • 60
    SHARES

दुबई – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या गर्ने योजना बनाएको भन्ने सूचनाहरु आइरहेको भन्दै यदि आफ्नो हत्या प्रयास भयो भने सिंगो इरान ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

उनले आफ्नो हत्या गर्ने प्रयास भएमा इरानमाथि थप हजारौं मिसाइल प्रहार गर्ने चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले इरानमा प्रहार गर्नका लागि अमेरिकाले एक हजारवटा मिसाइल तयारी अवस्थामा राखिएको पनि बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्— एक हजार मिसाइलहरू लक र लोड गरेर इरानतर्फ लक्षित गरिएका छन् । यदि इरानी सरकारले विश्वका धेरै कुनाहरूमा दाबी गरे जस्तै मलाई हत्या गर्ने प्रयास ग¥यो तुरुन्तै अरू हजारौं मिसाइलहरू प्रहार गरिनेछन् । यस्तो आक्रमणको आदेशहरू दिइसकिएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सेना इरानका सबै क्षेत्रहरूलाई पूर्णरूपमा ध्वस्त र नष्ट गर्न तयार, इच्छुक र सक्षम रहेको पनि बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्— यदि मेरो हत्याको प्रयास भयो भने सारा इरान ध्वस्त हुन्छ, त्यसका लागि अमेरिका तयार छ, सक्षम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)