बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा श्रद्धाञ्जली, सन्तानको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता


  • माउन्टेन खबर
  • मङ्लबार, असार ३०, २०८३
  • 42
    SHARES

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सोमबार बिहान २:४० बजे उपचारकै क्रममा मण्डलको निधन भएको जानकारीपछि थापाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै स्वर्गीय मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

साथै उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यो अपूरणीय क्षति सहन धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

सभापति थापाले यस दुःखद घडीमा आफू शोकसन्तप्त परिवारको साथमा रहेको उल्लेख गर्दै स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको बताएका छन्।

विवेक मण्डलले आत्मदाहको प्रयास गरेपछि उपचाररत अवस्थामा आज बिहान निधन भएको हो। उक्त घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया सम्बन्धित निकायले अघि बढाइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)