शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हरित यातायाततर्फ अर्को महत्त्वपूर्ण फड्को मार्दै भारत

भारतले भोलिदेखि सञ्चालनमा ल्याउँदै विश्वकै सबैभन्दा लामो हाइड्रोजन ट्रेन


  • माउन्टेन खबर
  • बिहिबार, असार ३२, २०८३
  • 96
    SHARES

काठमाडौँ – भारतले हरित यातायाततर्फ अर्को महत्त्वपूर्ण फड्को मार्दै भोलिदेखि जिन्द–सोनीपत रेलमार्गमा विश्वकै सबैभन्दा लामो हाइड्रोजन ट्रेन सञ्चालनमा ल्याउने तयारी गरेको छ।

 

हाइड्रोजन इन्धनबाट चल्ने यो ट्रेनले कार्बन डाइअक्साइड वा अन्य हानिकारक धुवाँ उत्सर्जन नगरी केवल पानीको वाष्प (Water Vapour) मात्र उत्सर्जन गर्नेछ। यसलाई वातावरणमैत्री सार्वजनिक यातायातका रूपमा हेरिएको छ।

यो परियोजनाले भारतलाई स्वच्छ ऊर्जा र हरित रेल प्रविधिको क्षेत्रमा अग्रणी राष्ट्रमध्ये एक बनाउने अपेक्षा गरिएको छ। जिन्द–सोनीपत रेलमार्गमा सञ्चालन हुने यो ट्रेनले परम्परागत डिजेल रेलको विकल्पका रूपमा नयाँ उदाहरण प्रस्तुत गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)