बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट


  • माउन्टेन खबर
  • बिहिबार, असार ३२, २०८३
  • 68
    SHARES

काठमाडौं-  परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उहाँले आजै भेट गर्नुभयो । भेटमा नेपाल–भारतबीच जारी द्विपक्षीय सहयोगको प्रगतिबारे समीक्षा गर्दै प्राथमिकताका क्षेत्रहरूमा साझा कार्यसूचीलाई अगाडि बढाउने विषयमा विचारविमर्श भएको थियो ।

नेपाल–भारतबीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारीप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने तथा उच्चस्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने उपायबारे पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)