मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार र मिटरब्याज पीडितबीच निर्णायक वार्ता जारी


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १, २०८३
  • 73
    SHARES

काठमाडौं – आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दुवै पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता जारी छ।

यसअघि सिमरामा सरकारी टोली र मिटरब्याज पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी गरिएको हो। हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच सघन छलफल भएको थियो। सोही छलफलमा भएका सहमतिका आधारमा आज अन्तिम सम्झौताको प्रक्रिया अघि बढाइएको जनाइएको छ।

सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहनुभएको छ। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य रहनुभएको छ।

यस्तै, मिटरब्याज पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहनुभएको छ। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्य रहनुभएको छ।

दुवै पक्षबीच सहमति जुटेपछि आजै सम्झौतापत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। सम्झौतापछि आन्दोलनका आगामी कार्यक्रमबारे पनि निर्णय हुने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)