शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इरान र अमेरिकाबीचको तनाव झन् बढ्यो, जोर्डनमा मारिए दुई अमेरिकी सैनिक


  • माउन्टेन खबर
  • आइतवार, साउन ३, २०८३
  • 95
    SHARES

  एजेन्सी –इरानले प्रहार गरेका ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा शुक्रबार जोर्डनमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी सैन्य अधिकारीहरूले जानकारी दिएका छन्।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार चार अमेरिकी सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको र सामान्य घाइते भएका अन्य सैनिकहरू पनि पुनः ड्युटीमा फर्किएको जनाइएको छ।

यद्यपि, अमेरिकी सैन्य अधिकारीहरूले मृत्यु भएका सैनिकहरूको पहिचान, घटना भएको स्थान तथा आक्रमणसँग सम्बन्धित थप विवरण सार्वजनिक गरेका छैनन्।

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले शनिबार राति फेरि इरानमाथि हवाई हमला गरेको छ। सेन्टकमले यसको पुष्टि गरेको छ।

सेन्टकमले जारी गरेको विज्ञप्तिअनुसार लगातार आठौं रात गरिएको यो हवाई आक्रमणको उद्देश्य होर्मुज जलघाँटीमा व्यावसायिक जहाजहरूका लागि खतरा सिर्जना गर्ने इरानको क्षमतालाई थप कमजोर बनाउनु हो।

विज्ञप्तिमा अघिल्लो रात जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गरेको आरोप लागेका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का शक्तिहरूलाई तत्काल जवाफ दिन यी हमला गरिएको उल्लेख गरिएको छ। यद्यपि, यसबारे थप विवरण सार्वजनिक गरिएको छैन।

यो घटनाक्रम अमेरिका र इरानबीच पछिल्लो एक सातादेखि पुनः चर्किएको तनावका बीच भएको हो। अमेरिकाले इरानका बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरेको छ भने इरानले होर्मुज बन्द गरेको छ।

दुवै देशबीच भएको युद्धविराम एक महिना पनि नपुग्दै भंग भएपछि क्षेत्रीय तनाव झन् बढ्दै गएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)