सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा पहिलो पटक हाइड्रोजनबाट चल्ने रेल सेवा शुरु


  • माउन्टेन खबर
  • आइतवार, साउन ३, २०८३
  • 81
    SHARES

काठमाडौँ-   भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जीन्द रेल जङ्सनबाट देशकै पहिलो स्वदेशी हाइड्रोजन प्रविधिबाट सञ्चालन हुने रेलको उद्घाटन गरेका छन् ।

 

 

हरियो झन्डा देखाएर सेवा शुभारम्भ गरिएको उक्त रेल जीन्ददेखि सोनीपतसम्मको ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ । भारत हाइड्रोजनबाट चल्ने रेल सञ्चालन गर्ने विश्वका पाँच देशमध्ये एक बनेको छ ।

भारतीय रेल मन्त्री अश्विनी वैष्णवले यो रेल स्वच्छ ऊर्जा र अत्याधुनिक स्वदेशी प्रविधिमा आधारित रहेको बताए । उनका अनुसार रेलमा जडान गरिएको हाइड्रोजन इन्धन प्रणालीले विद्युत् उत्पादन गरी रेल सञ्चालन गर्छ । यसबाट धुवाँ वा कार्बन उत्सर्जन हुँदैन र केवल पानी तथा जल वाष्प मात्र निस्कने भएकाले यो पूर्ण रूपमा वातावरणमैत्री प्रविधि हो । रेलमा २ हजार ४ सय किलोवाट क्षमताको हाइड्रोजन प्रणाली जडान गरिएको छ भने यसको सुरक्षा परीक्षण र प्रमाणीकरण अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ निकायबाट गरिएको जनाइएको छ ।

रेल सञ्चालनका लागि पानीबाट हाइड्रोजन उत्पादन गर्ने विशेष केन्द्र स्थापना गरिएको छ । भारतसँग यस प्रविधिसम्बन्धी बौद्धिक सम्पत्ति अधिकार पनि सुरक्षित रहेको रेल मन्त्रालयले जनाएको छ । मन्त्री वैष्णवका अनुसार यही प्रविधि भविष्यमा जल यातायात, साना तथा मध्यम आकारका डुङ्गा, ट्रकलगायत अन्य यातायातका साधनमा पनि प्रयोग गर्न सकिनेछ ।

ऊर्जा तथा यातायात क्षेत्रका विज्ञहरूले भने हाइड्रोजन रेलले जीवाश्म इन्धनमा निर्भरता घटाउने दिशामा महत्त्वपूर्ण सङ्केत दिएको बताएका छन् । यद्यपि भारतका अधिकांश फराकिलो रेलमार्ग पहिले नै विद्युतीकरण भइसकेकाले हाइड्रोजन रेल मुख्य विकल्पभन्दा पनि विशेष रुट तथा आवश्यकता भएका क्षेत्रमा बढी उपयोगी हुने उनीहरूको धारणा छ ।

विज्ञहरूका अनुसार नवीकरणीय ऊर्जाबाट कम लागतमा हरित हाइड्रोजन उत्पादन गर्न सकिएमा मात्रै दीर्घकालमा यो प्रविधिले भारतको ऊर्जा रूपान्तरण र जलवायु लक्ष्यमा ठूलो योगदान पुर्‍याउनेछ । हाइड्रोजन इन्धन प्रणालीले हाइड्रोजन र हावामा रहेको अक्सिजनको रासायनिक प्रक्रियाबाट विद्युत् उत्पादन गर्ने र त्यसैबाट रेलका मोटर सञ्चालन हुने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)