आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्तमान सरकार हिंसात्मक गतिविधिको पृष्ठभूमिमा बनेको ओलीको आरोप


  • माउन्टेन खबर
  • आइतवार, साउन ३, २०८३
  • 95
    SHARES

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संवैधानिक र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर हिंसात्मक गतिविधिको पृष्ठभूमिमा बनेको आरोप लगाएका छन्।

आइतबार पार्टी संसदीय मामिला विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रमा सरकार परिवर्तनका लागि स्पष्ट कानुनी र संवैधानिक प्रक्रिया हुने उल्लेख गर्दै अहिलेको सरकार भने हत्या, हिंसा, तोडफोड, कब्जा र आगजनीजस्ता गतिविधिको आधारमा गठन भएको दाबी गरे।

उनले मुलुकको राजनीति अहिले स्पष्ट दिशा, विधि र संस्थागत थितिविनै अघि बढिरहेको टिप्पणी गरे। अध्यक्ष ओलीका अनुसार गत भदौ २३–२४ पछिका राजनीतिक घटनाक्रमपछि देशको राजनीति झन् अन्योलपूर्ण र अस्थिर बन्दै गएको छ।

ओलीले लोकतान्त्रिक मूल्य, विधि र संवैधानिक प्रक्रियालाई कमजोर बनाउने प्रवृत्तिले राजनीतिक प्रणालीमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना गरेको पनि बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)