आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको प्रचण्डको भनाई


  • माउन्टेन खबर
  • बुधबार, साउन ६, २०८३
  • 113
    SHARES

जनकपुरधाम- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा  सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गर्नुभयो । तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउनुहुँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताउनुभयो ।

नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आउनुभएका संयोजक दाहालले पार्टीको प्रशिक्षण र सङ्गठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो ।

नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार साउन ६ गते पार्टीका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)