एजेन्सी – अमेरिकाले लगातार ११औँ रात पनि इरानमाथि हवाई आक्रमण गरेको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत आणविक केन्द्रलाई पनि निशाना बनाउने चेतावनी दिएका छन् ।
ट्रम्पले ह्वाइट हाउसमा लेबनानका राष्ट्रपति जोसेफ आउनसँगको भेटका क्रममा नातान्ज नजिक रहेको ‘पिकएक्स माउन्टेन’ नामक भूमिगत आणविक केन्द्रमा चाँडै र अत्यन्त शक्तिशाली रूपमा आक्रमण गरिने चेतावनी दिएका हुन् । ट्रम्पले भनेका छन्– ‘हामी त्यो क्षेत्रमा चाँडै नै ठुलो आक्रमण गर्नेछौँ । उनीहरूले त्यसलाई रोक्न सक्ने केही पनि छैन ।’
