सोमवार, भदौ ८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घण्टीमा मत दिएका नागरिकले प्रश्न उठाउने अवस्था आए रास्वपालाई गाह्रो हुन्छ : लामिछाने


  • माउन्टेन खबर
  • सोमवार, भदौ ८, २०८३
  • 49
    SHARES

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घण्टी चिह्नमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए रास्वपालाई अप्ठ्यारो पर्ने बताउनु भएको  छ ।

 

 

 

रास्वपाले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौंमा आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन सम्बोधन गर्दै लामिछानेले सरकारका विषयमा ठूलो समस्या नरहेको दाबी गर्दै उनले विपक्षी दलले सरकारको आलोचना गर्नु स्वाभाविक भए पनि घण्टी चिह्नमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए रास्वपालाई अप्ठ्यारो पर्ने बताउनु भएको हो ।

सरकारले गरेका राम्रा कामलाई छायामा पार्ने प्रयास विपक्षी दलबाट भइरहेको आरोप लगाउँदै लामिछानेले सरकारका उपलब्धिलाई ओझेलमा पार्ने गतिविधि हुन सक्ने भन्दै पार्टी पंक्तिलाई त्यसप्रति सचेत हुनुपर्ने धारणा राख्नु भयो ।

‘अहिले सरकारबारे धेरै समस्या छैन। विपक्षीहरू बोलिरहेका छन्। जुन उनीहरूको धर्म पनि हो,’ लामिछानेले भन्नुभयो । तर, घण्टीमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउन थाले त्यसले रास्वपालाई अप्ठ्यारो पर्न सक्छ ।  घण्टीमा भोट हालेका मतदाताहरू बोल्ने दिन आयो भने हामीलाई गाह्रो हुन्छ। उनीहरूलाई बोल्ने दिन आउने अवस्था बनाउन नदिऊँ,’ लामिछानेले भन्नुभयो ।

विभिन्न दलका नेताहरू नेपथ्यमा बसेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको दाबी गर्दै उहाँले त्यसप्रति सचेत रहन नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो। रास्वपाले आमनागरिकले आफूहरूलाई किन मत दिएका थिए भन्ने विषयलाई निरन्तर सम्झिनुपर्ने उहाँको भनाइ थियो । हाम्रो काम भनेको आमनागरिकले हामीलाई के भनेर भोट दिएका थिए, त्यसलाई मनन् गर्नुपर्छ, लमिछानेको भनाइ थियो ।

सभपति लामिछानेले सरकारका मन्त्रीहरूलाई पार्टी कार्यालयमै बोलाएर जनता र पार्टी सदस्यका कुरा सुन्ने व्यवस्था गरिएको र  सरकारका विषयमा ठूलो समस्या नरहेको जानकारी दिनुहुँदै सरकार सुशासनको जग बसाल्न तल्लिन रहेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)