सोमवार, भदौ ८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने


  • माउन्टेन खबर
  • सोमवार, भदौ ८, २०८३
  • 42
    SHARES

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

 

 

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनसहित दाबी पेस गरेका थापालाई यही ४ भदौमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीमा गरिएको समर्थनप्रति राप्रपामा विवाद छ भने नेपाली कांग्रेसले विश्वासको मतको प्रस्तावका विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ । नेकपाले मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत दिन आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ।

मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न नेकपाले आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको हो।

नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न प्रदेश सभा सदस्यलाई ह्विप जारी गरिएको बताए।

प्रमुख सचेतक ढकालद्वारा जारी पत्रमा ‘प्रदेश सभाको १८औँ बैठकमा अनिवार्य उपस्थित भई विश्वासको पक्षमा मतदान गर्न दलका नेताको निर्देशनसहित उपस्थितिका लागि निर्देशन दिइएको’ उल्लेख छ।

नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापा मगरले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। बागमती प्रदेश सभामा नेकपाका २६ जना प्रदेश सभा सदस्य रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)