शुक्रबार, भदौ १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ललितपुरको कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा मेला


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १२, २०८३
  • 10
    SHARES

काठमाडौँ – ललितपुरको पाटनस्थित ऐतिहासिक एवं प्रसिद्ध कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमाको अवसरमा आज विशेष मेला लागेको छ ।

 

बिहीवार बिहानैदेखि मन्दिर परिसरमा पूजाआजा गर्ने र मेला भर्ने भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्वका अवसरमा कुम्भेश्वर महादेवको दर्शन गर्न र त्यहाँस्थित पवित्र कुण्डमा स्नान गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा दर्शनार्थीहरू पुगेका छन् ।

पौराणिक मान्यताअनुसार रसुवाको गोसाइँकुण्ड जान नसक्ने भक्तजनहरूले कुम्भेश्वरको कुण्डमा स्नान गर्दा गोसाइँकुण्डकै बराबर पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । मेलालाई व्यवस्थित बनाउन र दर्शनार्थीहरूको सहजताका लागि स्थानीय प्रशासन तथा विभिन्न संघसंस्थाका स्वयंसेवकहरूले सहजीकरण गरिरहेका छन् ।

बिहानैदेखि शुरु भएको भक्तजनको चहलपहल मन्दिर परिसरमा दिनभर रहने देखिन्छ । जनैपूर्णिमाको यस विशेष दिनमा नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँध्ने परम्पराअनुसार मन्दिर परिसरमा व्राह्मणहरूबाट रक्षाबन्धन ग्रहण गर्नेहरूको समेत बाक्लो घुइँचो लागेको छ ।

–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)