शुक्रबार, भदौ १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १९, २०८३
  • 14
    SHARES

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन् ।

 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ । यस विशेष अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो घुइँचो लागेको छ ।

विशेषगरी ललितपुरको पाटनस्थित प्रसिद्ध ऐतिहासिक कृष्ण मन्दिर, काठमाडौंको गोठाटारस्थित नवतनधाम र बूढानीलकण्ठस्थित श्रीकृष्ण मन्दिरहरूमा दर्शनार्थीहरूको विशेष चहलपहल देखिएको छ । भक्तजनहरूले आजको दिन भगवान श्रीकृष्णको महिमा गान गर्ने, भजनकीर्तन गर्ने र व्रत बस्ने गर्दछन् ।

 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म भएको खुसियालीमा विभिन्न स्थानमा शोभायात्रा समेत निकालिने कार्यक्रम रहेको छ । राति श्रीकृष्णको जन्म भएको समयमा विशेष पूजाआजा गरी यो पर्व समापन गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)