शुक्रबार, भदौ १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस सभापति थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १९, २०८३
  • 42
    SHARES

काठमाडौं –  नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आज बाढीपहिरो प्रभावित रसुवा जाने भएका छन्।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न थापा विज्ञहरूसहित रसुवा जान लागेका हुन्। उनले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतको प्रगति र पुनःस्थापनाका लागि आवश्यक कामबारे स्थानीयवासी तथा सम्बन्धित पक्षसँग जानकारी लिने बताइएको छ।

बाढीका कारण रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। रसुवामा मात्रै विभिन्न जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको छ र सयौँ व्यक्ति सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)