मङ्लबार, भदौ २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार जेनजी पुस्ताको ‘स्पिरिट’अनुुसार चल्न सकेनः अध्यक्ष घिसिङ


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २३, २०८३
  • 41
    SHARES

काठमाडौं  । गत वर्षको २३ र २४ भदौमा भएको जेनजी युवा पुस्ताको आन्दोलनमा शहिद भएकाहरूको स्मृतिमा दीप प्रज्वलन गरिएको छ ।

 

 

 

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको आयोजनामा पार्टी केन्द्रीय कार्यालय त्रिपुुरेश्वरमा मंगलवार साँझ शहिदहरुको स्मृति तथा सम्मानमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा पूर्वमन्त्री समेत रहेका पार्टी अध्यक्ष घिसिङको समेत सहभागिता रहेको थियो । दीप प्रज्वलनमा शहिद परिवार्, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका हुन् । सो क्रममा  अध्यक्ष घिसिङले जेनजी युवापुस्ताको भावनाअनुसार भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुपर्ने बताउनुभयो । उहाँले स्वदेशमै रोजगारीको अवसर तथा  राज्यकका निकायमा समेत जेनजी पुस्तालाई सहभागिथ गराउनुपर्ने आम युवापुस्ताको माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । यद्धपी बालेन्द्र शाह नेतृृत्वको सरकार सो दिशामा अगाडि बढ्न नसकेको उहाँको आरोप छ । सरकार गठन भएको ६ महिना बितिसक्दा पनि आम नागरिकमा रहेको निराशालाई सरकारले आशामा बदल्न नसकेको उहाँको आरोप छ । सरकारलाई जेनजी युवा पुस्ताको भावनाअनुसार अघि बढ्नको लागि सबै पक्षबाट सरकारलाई खबरदारी गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जेनजीहरुको माग सरकार परिवर्तन मात्र थिएन । मुलुकमा विद्यमान  भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने माग पनि थियो । युवाहरुलाई स्वदेशमे बसेर काम काम गर्ने वातावरण बनोस्, राजयका निकायहरुमा जेनजीलाई पनि सहभागि गराओस् भन्ने युवा पुस्ताको भावनाअनुसार अहिलेको सरकार बनेको हो । दुई तिहाईको सरकारले जेनजी आन्दोलनको भावना अनुसार अघि बढेर उनीहरुका मागहरु सम्बोधन गर्नुपर्छ भन्ने हामी सबैको चाहाना हो । तर, ६ महिना बितिसक्दा समेत सरकार त्य दिशामा अघि बढ्न सकेको छैन । सरकारले आम जनता र युवापुस्तामा  रहेको निराशा चिर्नुपर्ने चुनौती रहेको छ । दुई तिहाईको सरकारले यो निराशालाई आशामा बदल्नुपर्नेमा ठिक उल्टो भएको छ । त्यसतर्फ हामी सबैले सरकारलाई खबरदारी गर्न आवश्यक रहेको छ ।’

कार्यक्रममा बोल्दै शहिद परिवारका सदस्य तथा घाइतेहरुले शहिदका माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । गत वर्ष २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सोही प्रहरी दमनको विरुद्धमा भोलिपल्ट २४ भदौमा देशभर आन्दोलन चर्किएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरेर ७६ जनाको मृत्यु भएको थियो । साथै कार्यपालिका, न्यायपलिका व्यवस्थापिकासँगै  सरकारी तथा निजी सम्पतीमाथि आगजनी, तोडफोड र लुटपाट मच्चिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)