बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कानूनमन्त्री गौतमलाई काँग्रेस सांसदले सोधिन्– राष्ट्रिय सभाले कुन–कुन कानून निर्माणमा अवरोध गरेको छ ?


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २५, २०८३
  • 40
    SHARES

काठमाडौं –  नेपाली काँग्रेसकी सांसद निनु कुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानून निर्माणमा अवरोध गरेको हो ? भन्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई प्रश्न गर्नुभएको छ ।

 

 

 

बिहीवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्री गौतमले आफ्नो असक्षमता ढाकछोप गर्न राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नहुँदा कानून बनाउन पाएनौँ भन्दै हिँडेको आरोप पनि लगाउनुभयो । मन्त्री गौतमले केही दिन अघि राष्ट्रिय सभामा रास्वपाको बहुमत नभएको कारण जनताले चाहेजस्तो कानुन निर्माण गर्न नसकिएको टिप्पणी गर्नुभएको थियो ।  सांसद कर्णले  फैसला कार्यान्वयनमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सबै तहका न्यायालय हुँदाहुँदै पनि नाागरिकले समयमा न्याय पाउन नसकेको बताउनुभयो । उहाँले मुद्दा फैसलाको प्रक्रिया समेत लामो भएको कारण नागरिकले न्याय पाउन नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूले राष्ट्रिय सभामा हाम्रो प्रतिनिधित्व छैन । त्यसकारण हामीले कानुन बनाउन पाएनौँ भनेर मन्तव्य दिँदै हुनुहुन्छ । राष्ट्रिय सभाको कारण अर्थात् प्रतिनिधि सभाको कारण अर्थात् कुन निकायको कारण उहाँले कुन–कुन कानुन बनाउन पाउनुभएन ? अनि यो फैसला कार्यान्वयनको विषय निकै गम्भीर छ । फैसला कार्यान्वयनमा भइरहेको ढिलाईको कारण अहिले पीडित नागरिकले न्याय पाउन सकिरहेको अवस्था छ । हाम्रो देशको सबैभन्दा महत्वपूर्ण निकाय भनेको न्यायालय हो, सर्वोच्च अदालत हो । तर हामीले हाम्रो नागरिकलाई समयमा न्याय दिन सक्दैनौँ भने यो कस्तो शासन हो, कस्तो मुलुकमा बसिरहेका छौँ ? मुद्दाको फैसला पनि न्यायिक प्रक्रियामा लामो प्रोसेस छ । सुनुवाइको मिति पटक पटक सार्ने कामले पनि न्यायमा ढिलाइ भइरहेको हो ।’

उहाँले फैसला कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)