बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २५, २०८३
  • 49
    SHARES

काठमाडौं –  रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले जनशक्ति तयार गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भदौ २४ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा मनोसामाजिक परामर्शसम्बन्धी प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणमा विभिन्न क्षेत्रका ४६ जना सहभागी भएका थिए ।

प्रशिक्षणपछि सहभागीहरू भोटेकोशी बाढीका कारण विस्थापित परिवारहरू बसिरहेका आश्रयस्थलमा पुगेर मनोसामाजिक परामर्श प्रदान गर्ने कांग्रेसले जनाएको छ ।

प्रशिक्षणका क्रममा बाढी प्रभावितहरूले भोगिरहेका विभिन्न प्रकारका मानसिक तनाव तथा समस्याका विषयमा छलफल गरिएको थियो । विशेषगरी बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक प्राकृतिक विपत्तिका कारण मानसिक रूपमा बढी प्रभावित र जोखिममा रहेको सहभागीहरूले बताएका थिए ।

प्रशिक्षणमा डा. प्रभाकर पोखरेल, डा. रविन बस्नेत तथा मनोविद् कपिल शर्मा, गृष्मा पनेरू र प्रकाश लामिछानेले सहजीकरण गरेका थिए ।
प्रेस विज्ञप्ति कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)