शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढीपछि भारतको निरन्तर सहयोग, नेपाल आइपुग्यो राहतको आठौँ खेप


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २५, २०८३
  • 55
    SHARES

काठमाडौं – विनाशकारी बाढीबाट प्रभावित नेपाललाई सहयोग गर्न भारतले बुधवार थप ३५ टन राहत तथा उद्धार सामग्री पठाएको छ ।

 

 

 

भारतीय वायुसेनाको सी–१७ ट्रान्स पोर्ट विमानमार्फत ल्याइएको आठौँ खेपको सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

भारतका अनुसार पछिल्लो राहत खेपमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का उद्धार उपकरण, फरेन्सिक सामग्री, उद्धार सामग्री तथा सुरक्षाकर्मीका लागि आवश्यक बन्दोबस्तीका सामान समावेश छन् । सामग्री मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार नेपालमा बाढीपछि भारतले राहत तथा उद्धार प्रयासलाई निरन्तरता दिँदै आएको छ ।

बाढी गएको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबिच टेलिफोन वार्ता भएको केही घण्टामै भारतले पहिलो चरणको मानवीय सहायता नेपाल पठाएको थियो ।

त्यसयता भारतले विभिन्न चरणमा नेपाललाई राहत सामग्री, अत्यावश्यक औषधि तथा उद्धार उपकरण उपलब्ध गराउँदै आएको छ । त्यस्तै, नेपाली सेनासँग सहकार्य गरी उद्धार कार्यमा सघाउन भारतीय सुरुङ उद्धार टोली तथा मृतकको पहिचानमा सहयोग गर्न फरेन्सिक टोलीसमेत नेपालमा खटाइएको छ ।

यसअघि सेप्टेम्बर ३ को राति भारतले दुईवटा सैन्य विमानमार्फत २१ टनभन्दा बढी अत्यावश्यक राहत सामग्रीसहित छैटौँ र सातौँ खेप नेपाल पठाएको थियो । पछिल्लो ३५ टन सामग्रीसँगै भारतबाट नेपालमा पुगेको राहत सहयोग थप विस्तार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)