शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन पर्दैन: सभापति थापा


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २६, २०८३
  • 28
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनुभएको छ ।

 

 

 

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री शाहका पछिल्लो अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा त्यसतर्फ ध्यान जान नसकेको पनि बताउनुभयो । उहाँले दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । उहाँले सरकार आफैँले उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा जोड दिनुभयो । उहाँले २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले के रोज्छ भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण गर्ने बताउनुभयो । तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने सभापति थापाको दाबी थियो ।

उहाँले भन्नुभयो, ‘प्राइममिनिस्टरले कतातिर जाने भन्ने निर्णय गर्ने हो ।  कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो । जो अहिले प्राइममिनिस्टर हुनुहुन्छ । अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । अहिलेको प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा हैन, हि हेट्स प्राइभेट सेक्टर । यो मैले अनुमानको आधारमा भनेको होइन । अहिले उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्तिहरू, र निर्णयहरू त्यन्तै छन् । मैले अस्ति पार्टीको सेन्ट्रल कमिटीको बैठकमा लामो समय लिएर भनेको पनि छु । हेर्दा सामान्य कुरा लाग्छ । तर, दुग्ध विकास संस्थानको हेटौँडा कारखानाको, नेपाल औषधि लिमिटेडको बारेमा, ती कारखानाहरु चलुन्, मुनाफा कमाउन् मेरो शुभेच्छा छ । त्यसका बारेको टिप्पणी होइन। तर स्टेट चलाउने मान्छेले यो स्टेटको इकोनोमी आजको दिनमा यो कस्तो छ ?’
उहाँले सरकारले निजी क्षेत्रको लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)