बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने

३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता मुख्य एजेण्डा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०८३
  • 40
    SHARES

ललितपुर – आगामी माघ ३, ४ र ५ गते ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ ।

 

 

नेपालका निजी ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रा.लि.को संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो । एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बताउनु भयो ।

ललितपुरमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष डाँगीले यस पटकको एक्स्पो ‘उत्थानशिल ऊर्जा, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ सञ्चालन गरिनेछ । नेपालको वर्तमान विद्युत जडित क्षमता करिब ४ हजार ३०० मेगावाट पुगिसकेको र त्यसमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको सन्दर्भमा सरकारले अघि सारेको १० वर्षे ऊर्जा विकास मार्गचित्र (सन् २०३५ सम्म ३० हजार मेगावाट उत्पादन) हासिल गर्न आवश्यक स्वदेशी तथा विदेशी लगानी र प्रविधि जुटाउन यो एक्स्पोले ऐतिहासिक सेतुको भुमिका खेल्ने बताउनु भयो ।

अध्यक्ष डाँगीले पछिल्ला वर्षहरूमा इलाम, संखुवासभा, लमजुङ, भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएका आकस्मिक बाढी, पहिरो तथा गेग्रान बहावले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पु¥याएको स्मरण गराउनु भयो । प्रदर्शनीमा नेपालसहित भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायत १५ भन्दा बढी देशका ऊर्जा कम्पनी, लगानीकर्ता, इन्जिनियरिङ कन्सल्टेन्ट र बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहनेछ । उहाँले देशभर हाल करिव ६ हजार ४ सय मेगावाट बराबरका आयोजना निर्माणाधिन रहेको बताउनु भयो । यि आयोजनाबाटत करिव ५ लाख मानिस प्रत्यक्ष रुपमा रोजगारीमा संलग्न रहेको जिकिर गर्नुभयो । मेलाले नयाँ पुस्तालाई ऊर्जा उत्पादनबारे जानकारी र व्यावहारिक ज्ञान दिन हाइड्रोपावरका विभिन्न मोडल, प्रविधि प्रदर्शन तथा आयोजना र साइट भ्रमणका कार्यक्रम पनि राख्न सकिने बताउनु भयो । यसले युवालाई ऊर्जा क्षेत्रमा आकर्षित गर्नुका साथै नेपालमा ऊर्जा उत्पादन कसरी हुन्छ भन्नेबारे बुझ्ने अवसर प्रदान गर्ने उहाँको भनाइ छ ।

डाँगीले भन्नुभयो, ‘ देशभर अहिले करिव ६ हजार ४ सय मेगावाट बराबरका आयोजना निर्माणाधीन छन् । प्रारम्भिक हिसावअनुसार यी आयोजनामा झन्डै ५ लाख मानिस प्रत्यक्ष रूपमा रोजगारीमा संलग्न छन् । यसमा सिभिल, मेकानिकल, इलेक्ट्रिकल इन्जिनियरदेखि जियोलोजिस्टलगायत विभिन्न प्राविधिक जनशक्ति आवश्यक पर्छ । त्यसैगरी, सिमेन्ट, डन्डी, उपकरण, हेभी इक्विपमेन्ट, टर्बाइनलगायत ऊर्जा क्षेत्रसँग सम्बन्धित सामग्री र प्रविधिको ठूलो बजार पनि निर्माण भइरहेको छ । त्यसैले ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै सामग्री, प्रविधि र सेवा प्रदायकलाई एउटै थलोमा ल्याएर प्रदर्शनी तथा एक्स्पो आयोजना गर्नु महत्वपूर्ण हुन्छ । यस्तो एक्स्पोले उत्पादक र खरिदकर्तालाई एउटै ठाउँमा भेट गराउने भएकाले बजार विस्तार, प्रविधिको जानकारी, खरिद प्रक्रिया र मूल्यमा छलफल गर्न सहज हुन्छ । यसको प्रभाव एक्स्पो भएको दिनमा मात्र सीमित हुँदैन; आगामी एक वर्षसम्म ऊर्जा उत्पादक र आपूर्तिकर्ताबीचको सहकार्यमा समेत सकारात्मक प्रभाव पार्न सक्छ । नयाँ पुस्तालाई ऊर्जा उत्पादनबारे जानकारी र व्यावहारिक ज्ञान दिन हाइड्रोपावरका विभिन्न मोडल, प्रविधि प्रदर्शन तथा आयोजना र साइट भ्रमणका कार्यक्रम पनि राख्न सकिन्छ। यसले युवालाई ऊर्जा क्षेत्रमा आकर्षित गर्नुका साथै नेपालमा ऊर्जा उत्पादन कसरी हुन्छ भन्नेबारे बुझ्ने अवसर प्रदान गर्छ ।’

प्रदर्शनीका क्रममा सुरुङ खन्ने टनेलिङ उपकरण, रक मेकानिक्स र हेभी हेभी मेसिनरीको विशेष शोकेस, उपत्यकामा १०० भन्दा बढी विद्युतीय सवारीको भव्य ¥याली, भारत र बंगलादेशसँगको १० हजार मेगावाट विद्युत् व्यापार तथा प्रशारण लाइन विस्तारसम्बन्धी उच्चस्तरीय नीतिगत छलफल, ठूला ब्याट्री भण्डारण प्रणाली र ग्रीन हाइड्रोजन प्रविधिको सम्भाव्यता प्रश्तुति, युवा इन्जिनियर तथा नवप्रवर्तकहरूका लागि ५ लाख नगद पुरस्कारसहितको स्वच्छ ऊर्जा प्रतिष्पर्धा,   इप्पान डे गाला डिनर तथा ऊर्जा सम्मानः माघ ४ गते इप्पानको २६ औं स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोह सञ्चालन हुनेछ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)