आइतवार, अशोज ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्वप्रधानन्यायाधीश जबरालाई निवासमै सुरक्षा प्रदान गरिने


  • माउन्टेन खबर
  • आइतवार, अशोज ११, २०८३
  • 43
    SHARES
काठमाडौँ– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा खतरा देखिएकाले उहाँको निवासमै सुरक्षा प्रदान गरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश जबराको सुरक्षा खतराको विषय उठेपछि उहाँलाई सुरक्षा दिएर राखिएको जानकारी दिनुभयो ।
“उहाँको सुरक्षाका विषयमा हामी संवेदनशील थियौँ, केही सुरक्षा खतराको कुरा आयो । प्रहरीको निगरानीमा उहाँलाई सुरक्षा दिएर राखेका थियौँ”, खड्काले भन्नुभयो, “उहाँले आफूलाई निवासमा सहज हुने भन्नुभएकाले अब उहाँलाई घरमै सुरक्षा प्रदान गर्छौं ।” सुरक्षा खतरा ठहर भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई गएराति सुरक्षित स्थानमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)