काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधवार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।
ओहोदाको प्रमाणपत्र पेस गर्नेहरूमा युरोपेली सङ्घका आवासीय राजदूत चाल्र्स ह्वाइटली रहनुभएको छ ।
इन्डोनेसियाका लिस्टियोवाती, घानाका कोजो बोन्सु, सुडानका डा. मोहम्मद अब्दुल्ला अली एल्तोम र ब्रुनाई दारुस्सलामका सिटी आर्निफारोजा बिन्ती हाजी मोह्द जैनीले गैर आवासीय राजदूतका रूपमा ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो ।
नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको उक्त समारोहमा नवनियुक्त राजदूतहरूलाई लाजिम्पाट देखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराएर लगिएको थियो ।– न्युज एजेन्सी नेपाल
