बिहिबार, अशोज २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पछिल्लो चार दिनमा प्रतितोला ८ हजार १०० रुपैयाँले घट्यो सुन


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २९, २०८३
  • 39
    SHARES

काठमाडौं । नेपाली बजारमा सुनकोमूल्य घट्ने क्रम जारी रहँदा पछिल्लो चार दिनमा प्रतितोला ८ हजार १०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ।

 

बिहीबार मात्रै सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो। बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला २२० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

गत आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको चाँदीको मूल्य पनि चार दिनको अवधिमा ४०५ रुपैयाँले घटेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)