काठमाडौँ – सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले एक्साइड ब्याट्रीमा ५० प्रतिशतसम्म छुटसहितको ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ । चाडपर्वलाई लक्षित गरी ल्याइएको यो योजना १ अक्टोबरदेखि ३० नोभेम्बरसम्म सञ्चालन हुनेछ ।
योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग एक्साइड ब्याट्री साट्न वा नयाँ ब्याट्री खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकले ब्याट्री खरिद वा साटफेर गर्दा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।
योजनालाई थप आकर्षक बनाउन कम्पनीले क्यासब्याक र निःशुल्क सर्भिसिङको सुविधा पनि ल्याएको छ ।
योजना अवधिभर हरेक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकले ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर पाउनेछन् । ग्राहकले एकपटक निःशुल्क ब्याट्री जाँच तथा सर्भिसिङ सुविधा पनि प्राप्त गर्नेछन् ।
यो सुविधा नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा खुद्रा विक्रेतामार्फत उपलब्ध हुनेछ ।
योजनामा सहभागी हुन ग्राहकले एक्साइड ब्याट्री खरिद वा साटफेर गरेपछि सिप्रदी स्टार एपमार्फत विद्युतीय रूपमा वारेन्टी दर्ता गर्नुपर्नेछ । वारेन्टी दर्ता गरेपछि ग्राहक स्वतः क्यासब्याक लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ ।
योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ तथा हटलाइन नम्बर ०१–५९७०३३९ मा सम्पर्क गर्न सकिनेछ ।
