सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ब्राजिलमा राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतदान


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १०, २०८३
  • 12
    SHARES

काठमाडौँ –  ब्राजिलमा सन् २०२६ को राष्ट्रपतीय निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदान आईतवार भएको छ । स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन भएको हो ।

 

 

निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र लिबरल पार्टीका उम्मेदवार फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा भइरहेको छ । फ्लाभियो पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् । अक्टोबर ४ मा सम्पन्न पहिलो चरणको निर्वाचनमा बोल्सोनारोले करिब ४७ प्रतिशत सदर मत प्राप्त गरेका थिए । लुला दा सिल्भा भने उनीभन्दा करिब दुई प्रतिशत बिन्दुले पछाडि रहँदै दोस्रो स्थानमा आएका थिए । हालै सार्वजनिक भएका विभिन्न मत सर्वेक्षणले दुवै उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने सङ्केत गरेका छन् ।

ब्राजिलको निर्वाचन व्यवस्थाअनुसार पहिलो चरणमै कुनै उम्मेदवारले सदर मतको ५० प्रतिशतभन्दा बढी प्राप्त गरेमा उनी विजयी हुन्छन् । अन्यथा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच दोस्रो चरणको मतदान गरिन्छ । दोस्रो चरणबाट राष्ट्रपतिमा निर्वाचित हुने उम्मेदवारको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)