मङ्लबार, कार्तिक ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ११, २०८३
  • 34
    SHARES

काठमाडौं । जारी नेपाल प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा समेटियो ।

विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरीले ४ ओभर बलिङ गर्दै ४ विकेट लिन सफल भए । रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एकएक विकेट लिए ।

जितका लागि विराटनगरलाई १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगरको आशा समाप्त भएको थियो । रुपेश सिंह र प्रतिश जिसी कुनै पनि रन नजोडी पभेलियन फर्किए । १९औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिएका थिए ।

कुनै समय कठिन अवस्थामा रहेको विराटनगरका लागि वेस्ट इन्डिजका आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै सहज स्थितिमा पुर्याएका थिए । रसेलले १७ बलमा एक चौका र ४ छक्कासहित ३३ रन बनाए । श्रीलंकाली ब्याटर चरिथ असलंका ८ र बसिर अहमद १३ रनमा आउट भए । उनले अर्का श्रीलंकाली खेलाडी एन्जेलो म्याथ्युजसँग २४ बलमा ४३ रनको साझेदारी गरेका थिए । एन्जेलो १४ रनमा आउट भए ।

विराटनगरका ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए । उनले पहिलो विकेटका लागि लोकेश बमसँग ४० रनको साझेदारी गरेका थिए । लोकेश १४ बलमा २६ रन बनाएर आउट भए । शुभम रञ्जाने १० र सन्दीप लामिछाने कुनै पनि रन नजोडी आउट भए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका लागि ओपनर डाविड मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिएका थिए । मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए ।

देव खनाल १५ बलमा १२ रन बनाएर आउट भए । विराटनगरका चरिथ असलंकाले पहिलो विकेट दिलाएका थिए । विकेटकिपर ब्याटर अर्जुन साउद ९ बलमा ३ रन बनाएर पभेलियन फर्किए । उनलाई ११औं ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजले कप्तान सन्दीप लामिछानेको हातबाट क्याचआउट गराएका थिए ।

१३औं ओभरको दोस्रो बलमा मलान आन्द्रे रसेलको बलिङ आउट हुँदा चितवनको ब्याटिङ कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले । रवि र डानले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे । रवि ३२ र डान २९ रनमा अविजित रहे ।

आजको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्स बिच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)