बुधबार, कार्तिक २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भाईमसलाको मूल्यवृद्धिले अपेक्षित व्यापार हुन सकेनः व्यवसायी


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २५, २०८३
  • 64
    SHARES

काठमाडौँ – नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आवश्यक पर्ने भाईमसलाको मूल्यमा वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

विगतका तिहारमा जस्तो यसपटक भाईमसलाको कारोवार अपेक्षित रुपमा कम भएको उनीहरुको भनाई छ ।

भाइमसला व्यवसायी सजीव बज्राचार्यकाअनुसार नयाँ फसल भित्रिएसँगै भाईमसलाको मुल्यवृद्धि भएको हो । विशेषगरी पिस्ता र बदामको मूल्य केही बढेको उहाँले बताउनु भयो । गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएको उहाँको भनाई छ । सोही कारण केही वस्तुको मूल्यमा वृद्धि भएको हो । ओखर र नरिवललगायतका सामग्रीमा प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्म मूल्य वृद्धि भएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार मूल्य बढेका कारण उपभोक्ताको खरिद क्षमतामा प्रभाव परेको छ । पहिले एक किलो भाइमसला किन्ने ग्राहकले आधा किलो तथा आधा किलो किन्ने ग्राहकले २०० ग्राम वा १०० ग्राम मात्रै खरिद गर्ने गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसपालि भाइ मसलाको मुल्य बढेको छ । अहिले नयाँ फसल आएको छ, पोहोर साल तिहार १०–१५ दिन अगाडि थियो । यसपालि तिहार १०–१५ दिन पछाडि प¥यो, त्यसले गर्दाखेरि नयाँ फसलको सामान आएको छ । केही सामानमा भाउ धेरै नै बढेको छ, केहीमा भने खासै बढेको छैन । पोहोर साल भन्दा पिस्तामा मूल्य अलि बढेको छ, बदाममा बढेको छ । नरिबल, ओखरमा एक÷डेढ सय रुपैयाँ किलो बढेको छ, त्यो त स्वाभाविक कुरा हो । ग्राहकहरूले यसपालि भाउ बढेको हुनाले एफोर्ड गर्न सकेन । १ किलो मसाला लिने मान्छेले आधा किलो, आधा किलो ग्राहकले २०० ग्राम, १०० ग्राम भएपनि लगेर काम चलाइरहेको छ । सबैलाई चाहिने, भाइतिहारमा भाइहरूलाई पूजा गर्ने, मसला दिने पहिलेदेखि पुरानो चलन चलिआएको हो । त्यो भएको हुनाले अब व्यापार त ठीकठीकै छ भन्नुपर्छ, त्यस्तो कुनै नराम्रो पनि भन्न मिल्दैन । तर मान्छेहरूले प्राइसको कारण एफोर्ड गर्न नसकेर खपत कम भएको छ । काम चलाउका लागी मात्रै लगिरहेका छन् ।’
तिहारको भाईटीकामा दाजुभाइलाई भाइमसला दिने परम्परा लामो समयदेखि चल्दै आएको छ । मूल्य वृद्धिका कारण खपतमा केही कमी देखिएपनि व्यापार सन्तोषजनक रहेको उहाँको भनाई छ ।

ढाकाटोपीको विक्री भने उत्साहजनक
यस्तै, तिहारमा ढाकाटोपीको विक्री भने उत्साहजनक रहेको व्यवसायीहरुको भनाई छ । तिहारमा दाजुभाईलाई ढाकाटोपी लगाइदिएर टीका लगाउने परम्परा रहेको छ । तिहारको लागि टोपीको माग उल्लेख्य रहेको व्यवसायीहरुले बताएका छन् । उनीहरुकाअनुसार सामान्य समयको तुलनामा तिहारमा ढाकाटोपीको विक्री दुईदेखि तीन गुणासम्म बढेको छ । ग्राहकको मागलाई ध्यानमा राख्दै व्यवसायीहरूले विभिन्न डिजाइन र गुणस्तरका ढाकाटोपी पर्याप्त मात्रामा मौज्दात राखेको बताएका छन् ।
तिहारमा दिदिबहिनीले दाजुभाईलाई टीका लगाएर भाईमसला, ढाकाटोपी, मिठाई लगायत उपहारका रूपमा दिने परम्परा रहेको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)