शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना महामारीको सबैभन्दा खराब चरण आउन बाँकी : डब्ल्यूएचओ


  • माउन्टेन खबर
  • मङ्लबार, असार १६, २०७७
  • 662
    SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको महामारीको सबैभन्दा खराब चरण आउन बाँकी नै रहेको बताएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोसले कोरोनाको  महामारीको सबैभन्दा नराम्रो रूप अझै प्रकट भइनसकेको भन्दै विश्वभरिका सरकारहरूले सही नीतिहरु नअपनाए यसले थप मानिसलाई संक्रमण गर्ने बताएका छन् ।

सोमबार एक भर्चुअल ब्रिफिङ्गमा टेड्रोसले भने, “हामी सबै चाहन्छौं यो अन्त्य होस् । हामी सबै आफ्नो दैनिक जीवनमा फर्कन चाहन्छौं । तर कटु सत्य यो हो कि हामी यस महामारीको अन्त्यबाट अझै टाढा छौं ।”

केही देशमा संक्रमण कम भए पनि समग्रमा कोरोना संक्रमण नरोकिएको भन्दै संक्रमण अझै द्रुत गतिमा फैलिरहेको डब्ल्यूएचओले जनाएको छ । तर पनि यसको समस्याको समाधान भने ननिस्किएको भन्दै डब्ल्यूएचओले भनेको छ, “हामीले पहिचान गरेका ती व्यक्तिहरू जस्तै राष्ट्रिय एकतामा कमी, विश्वव्यापी एकतामा कमी, र विभाजित संसारले भाइरसलाई फैलाउन मद्दत गरिरहेको छ । त्यसैले खराब समय आउन बाँकी छ ।”

टेड्रोसले जर्मनी, दक्षिण कोरिया, जापानले अपनाएको रणनीति अख्तियार गर्न आग्रह गरेका छन् । यी देशले लगातार ट्रेसिङ गर्दै परीक्षणको दायरा बढाइरहेका छन् ।

हालसम्म विश्वका एक करोड मानिसमा कोरोना संक्रमण देखिसकेको छ भने ५ लाख संक्रमितको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)