शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व बैंकद्वारा मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशकको नियुक्ति


  • माउन्टेन खबर
  • बुधबार, असार १७, २०७७
  • 480
    SHARES

वासिङ्गटन। फारिस हदाद जर्भोसमाल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकको नयाँ राष्ट्रिय निर्देशकमा नियुक्त हुनुभएको छ । उहाँले काठमाडौं उप(क्षेत्रीय कार्यालयमा आधारित रहने गरीविश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दैकरिब ५अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालु कार्यक्रमको नेतृत्वगर्नुहुनेछ।

यस अघि  हदाद जर्भोस नेपालका लागिविश्व बैंकका राष्ट्रिय प्रबन्धक हुनुहुन्थ्यो। संयुक्त राज्य अमेरिकाका नागरिक  हदाद जर्भोस सन् १९९६९वि सं २०५२० देखि विश्वबैंकसँग आबद्ध हुनुहुन्छ।  यसअघि उहाँले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकको रूपमा काम गरिसक्नुभएको छ । साथै उहाँले यसअघि खाडी सहकार्य राष्ट्रहरू(Gulf Cooperation Countries) मा प्राविधिक सहकार्य प्रबन्धकका रूपमा, ईराकमा मिसन प्रमुखका रूपमा र वेष्ट बैंक र गाजा क्षेत्रमा सन्चालन प्रबन्धकका रूपमा काम गरिसक्नुभएको छ।

कोभिड १९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालिन असरहरूको सम्बोधन गर्न तीन वटै देशहरूले शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेकोवर्तमान परिप्रेक्ष्यमा उहाँको नियुक्ति भएको विश्व बैंकले जनाएको छ।

“देशहरूले कोभिड१९संकटका विरूद्ध जुध्दै गर्दा जनजीवन र जनजीविकाको संरक्षण गर्दै आर्थिक सुघार र पुनर्स्थापना गर्नु सबैभन्दा महत्वपूर्ण छ,” हदाद जर्भोसले भन्नुभयो। “विश्व बैंकले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रमहरू मार्फत कोभिड १९ले जनस्वास्थ्यर आर्थिक क्षेत्रमा निम्त्याएका असरहरूलाई कम गर्नु,र रोजगारीका अवसरहरूको सिर्जना गर्दै समावेशी र दीगो विकासको सुनिश्चितता गर्नु आाफ्नो पहिलो प्राथमिकता रहने हदाद जर्भोसले उल्लेख गर्नु भएको विश्व बैंक व्दारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ। यसका लगि  तिनै राष्ट्रका सरकारहरू, विकासका साझेदारहरू, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक रहेको हदाद जर्भोसले उल्लेख गर्नु भएको छ।

विश्व बैंकले मल्दिभ्स, नेपाल र श्रीलंकाका सरकारहरूलाई कुल३५ करोड डलरभन्दा बढिको कोभिड१९ आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सहयोग गरिरहेको छ जसले यी राष्ट्रहरूमा यस महाव्याधिको रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाई सुदृढ गर्न मद्दत गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)