रसुवा, २३ वैशाख । नेपाली काँग्रेस रसुवा नौकुण्ड गाँउपालिकालेघरदैलो अभियानलाई तीव्रता दिएको छ ।
बैशाख ३० गते हुन लागेको स्थानिय निर्वाचनका लागि काँग्रेस नौकुण्ड रसुवाले गाँउगाँउमा घरदैलो कार्यक्रम गरेको छ । उक्त घरदैलो कार्यक्रमलाई स्थानीय बासीले समेत साथ र समर्थन दिन थालेपछि काँग्रेसको पक्षमा जनलहर बढेको छ ।


घरदैलो कार्यक्रममा रसुवाली जनताले काँग्रेस उम्दवारलाई माला र खादा ओढाएर अग्रीम विजयको शुभकामना व्यक्त गरेका छन् । रसुवाको नौकुण्ड गाँउपालिकामा काँग्रेसको तर्फबाट गाँउपालिका अध्यक्षमा नुर्वु स्याङबो घलेले उम्मेद्धारी दिनुभएको छ । यसअघि पनि सफल अध्यक्ष बनेर नौकुण्ड गाँउपालिकामा सफल काम गरिसकेका नुर्वु स्याङबो घलेले दोस्रोकालका लागि पुनः उम्मेद्धारी दिनुभएको हो ।

जिल्लाको नौकुण्ड गाउँपालिकामा बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन केन्द्रित रहेर संचालन गरेको घरदैलो अभियानको क्रममा पार्टीको लोकप्रियता देखेर विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेको लहर चलेको छ।

अभियानको क्रममा विभिन्न बस्ती बस्तीमा पुगेर कांग्रेसको उम्मेदवारहरुले आफ्नो योजना र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्।
पार्टी प्रवेश गर्नेमा नेकपा एमाले पार्टीको वडा कमिटी सदस्य दोर्जे घले लगायत सन्तोष तामाङ,सज्जन मोक्तान,देव कुमार स्याङतान,शान्त बहादुर तामाङ रहेका छ्न्।

त्यसैगरि मङ्गले घले,लाक्पा सिङ्गी थोक्रा र दावा थोक्रा पनि एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छ्न्।

प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस पार्टीको गाउँपालिका अध्यक्षको उम्मेदवार नुर्बु स्याङ्बो घलेले खादा लगाएर स्वागत गर्नुभयो।
पार्टीको उम्मेदवारहरुले दिएको योजना र प्रतिबद्धता सहि र सत्यमा आधारित रहेकोले प्रवेश गर्ने ईच्छा जागेको नवप्रवेशीहरुले बताए।

यसै वीच नेपाली कांग्रेस पार्टीको तर्फबाट गाउँपालिका प्रमुखको उम्मेदवार नुर्वु स्याङबो घलेले प्रतिबद्धता पत्र समेत सार्वजनिक गर्नु भएको छ।



